आज :

२० प्रतिशत लिएर पार्टी फुटाउने ओलीको तयारी, महासचिवमा बास्कोटा र बस्नेतको प्रतिस्पर्धा

काठमाडौं । सत्तरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघार पुगेको छ । पार्टीलाई फुटबाट जोगाउने भन्दै शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको १२ बजेदेखि २ बजेसम्म भएको वार्ता पनि विना निष्कर्षमा टुंगिएपछि (नेकपा) फुटको दिशामा अगाडि बढेको बताइएको छ ।

शुक्रबारको छलफलमा ओलीसँगै महासचिव बिष्णु पौडेल र प्रचण्डसँग स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी भएका थिए । पार्टी एकताको सुरुदेखि शर्मा र पौडेल जोडिएकोले आजको छलफलमा सहभागी गराइएको हो । तर दुई अध्यक्षले आआफ्ना कुरा राखेको र कुनै सहमति नभएको सहभागी शर्माले बताएका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले पार्टी फुटाउने अन्तिम तयारीमा जुटेको दाबी गरेको छ । पछिल्ला गुटका बैठकमा ओलीले गुरिल्ला ‘प्रचण्ड’ सँग धेरै दिन बस्न नसक्ने बताउँदै आएका छन् । उनले प्रचण्डले एमालेको घर बिगारोको आरोप लगाउँदै आएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएपछि अध्यादेशमार्फत पार्टी फुटाउन खुकुलो कानुन ल्याएरै भएपनि फुटको तयारीमा जुटेका छन् । ओलीले तयार गरेको दलसम्बन्धी अध्यादेशमा २० प्रतिशत भएपनि पार्टी फुटाउन मिल्ने स्रोतले बतायो । यदि तयारी पारेर राखिएका अध्यादेश ल्याए अब दल फुटाउन केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत भए पुग्ने भएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ पार्टी बनेपछि पदाधिकारीको मोटामोटी खाका समेत तयार पारेको स्रोतको दाबी छ । जसअनुसार नयाँ पार्टीको अध्यक्ष ओली आफै, उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङलाई बनाउने टुंगो लागेको छ भने बाँकी पदाधिकारीको टुंगो लाग्न बाँकी छ । स्रोतका दाबीअनुसार महासचिवमा गोकुल बास्कोटा र महेश बस्नेतबीच प्रतिस्पर्धा चलिरहेको छ । दुबै नेताले महासचिवमा दाबी गरेका कारण ओली पनि टुंगोमा पुग्न नसकेका छैनन् । छलफल जारी छ । नयाँ पार्टीको नाम नेकपा (एमाले) नै राख्ने सहमति भएको छ ।

शु्क्रबार विहान दोस्रो तहका नेताहरुले समूह समूहमा छलफलमा गरेका छन् । दोस्रो तहका नेताहरुले पार्टी विभाजनालाई रोक्ने निष्कर्ष निकालेका छन् । ओली समूह प्रचण्ड र नेता नेपाल समूहले अबदेखि सरकारविरुद्ध नबोल्ने प्रतिवद्धता नगरे पार्टी फुटाउने निष्कर्षमा पुगेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal