आज :

(नेकपा)को स्थायी समिति बैठकः ओलीले बोलाए गुटको छुटै बैठक

काठमाडोँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा नेताहरुबीच घम्सा घम्सी परेको छ । बैठक आज पनि जारी छ । बैठकमा नेताहरुले आआफ्ना धारणा राखिरहेका छन् । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध भइरहेको छ ।

अर्का अध्यक्ष प्रचण्ड नेताहरु माधव कुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले ओलीको आलोचना गरेका छन् । बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीको राजिनामा मागेपछि तनाव उत्पन्न भएको छ । विषायन्तर गर्न ओलीले भारतले आफूलाई हटाउन खोजेको बताएको भन्दै बैठकमा नेताहरुले आलोचना गरेका छन् ।

त्यसैगरी नेकपाल एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि (नेकपा) भित्र झन् आशंका बढेको छ । बैठकमा नेताहरुले ओलीकै निर्देशनमा पार्टी दर्ता गरिएको आरोप लगाएका छन् । बैठकमा तनाव भएपछि ओली आफू निकटका स्थायी समिति सदस्यहरुको छुटै बैठक बोलाएका छन् । ओलीले स्थायी समिति सदस्यहरुसँगै मन्त्रीहरुसँग पनि छुटै छलफलमा बोलाएका छन् ।

बुधबार विहान ८ बजे ओली गुटको बैठक बोलाएको बताइएको छ । बैठकमा नेताहरुले आफ्नो राजिनामा मागेपछि ओलीले कसरी प्रतिवाद गर्ने विषयमा छलफल गर्न गुटको बैठक बोलाएको बताइएको छ । आज ११ बजेबाट बस्ने स्थायी समिति बैठकमा कसरी पेश हुने भन्ने रणनीति तयार गर्न बैठक बोलाइएको बालुवाटार स्रोतको दाबी छ ।

ओलीको गुटको बैठकमा दुई जना मुख्यमन्त्री समेत सहभागी छन् । स्थायी समिति सदस्य समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पनि गुटको बैठकमा सहभागी भएको बताइएको छ । मंगलबारको स्थायी समिति वैठकमा बोलेका १८ मध्ये १७ जना सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि गुटको बैठक बोलाइएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal