News Portal

  • नेकपाका भक्तपुर सेक्रेटरी विजय शाही मध्यरात गिर फ्तार

    डबली संवाददाता२०७७ असार १६ गते
    ७४९ पटक

    काठमडौँ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी विजय शाहीलाई प्रहरीले गिर फ्तार गरेको छ । कलंकीस्थित कोठामा परिवारसँगै सुतेका शाहीलाई प्रहरीले राति २ बजे गिर फ्तार गरेको हो ।

    पारिवारिक स्रोतका अनुसार प्रहरीले राति २ कोठामा प्रवेश गरी सुतेकै अवस्थामा गिर फ्तार गरेको थियो । शरीरमा लुगा लगाउन समेत नदिएर प्रहरीले गाडीमा राखेर लिएका परिवारले जनाएका छन् ।

    मध्यरात गाडीमा राखेर दिएको तर कहाँ लियो भन्ने आफूहरुलाई कुनै जानकारी नदिएको भन्दै बेप त्ता पारेको आशंका गरेका छन् । प्रहरीले यसबारे औपचारिक रुपमा जानकारी दिएको छैन । तर, स्रोतले भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा वि स्फोट गराएको आरोपमा प्रहरीले खोजि गरिरहेको थियो ।

    प्रतिकृया दिनुहोस्