आज :

चिनियाँ कम्युनिस्ट पार्टीका नेतामाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

काठमाडौं । अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुमाथि भिषा प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्ध लगाउने तयारीबारे अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले दिएका छन् । उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) का वर्तमान र पूर्वअधिकारीहरुमाथि प्रतिबन्ध प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए ।

अमेरिकाले नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको आरोप लगाउँदै भिषा प्रतिबन्ध लगाउने तयारी गरेको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताएका थिए ।

भोलिबाट सुरु हुने चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले नयाँ सुरक्षा कानूनमाथि छलफल गर्ने बताइको छ । हङकङमा चीन नीतिको विरुद्धमा गतिविधि बढिरहेको छ । उक्त गतिविधि अमेरिकाले बढाएको प्रष्ट भइसकेपछि चीनले हङकङमा पहिलो पटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्ने तयारी गरेको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री पेम्पेओले चीनको खतरा रहेका देशमा सेना पठाउने बताइसकेका थिए । यसलाई नेपालमा अमेरिकी सेना उतार्न लागेको भन्दै योजनाको रुपमा लिँदै चिन्ता र चासो व्यक्त हुन थालेको छ ।

अमेरिकाले भारत तथा दक्षिण पूर्वी एशियाली देशहरुमा बढ्दो चिनियाँ चुनौतीका कारण युरोपमा अमेरिकी सेना कटौति गर्नुपरेको अमेरिकी विदेशमन्त्री पोम्पेओले बताएका थिए । ब्रसेल्स फोरमलाई सम्बोधन गर्दै पोम्पेओले सामरिक आवश्यकताका कारण युरोपमा सेना घटाएर अरु क्षेत्रमा लैजानु परेको बताएका थिए । जर्मनीमा अमेरिकी सैनिकको संख्या किन घटाइएको सेनालाई अरु क्षेत्रमा पठाइएको बताएका थिए ।

चीनका कारण भारत, भियतनाम, मलेसिया, इन्डोनेसिया र साउथ चाइना सीमामा चुनौती बढेको भन्दै विदेश मन्त्री पोम्पेओले अमेरिकी सैनिकहरु आवश्यकता र प्राथमिकताअनुसार तैनाथ होस् भन्नेमा विशेष ख्याल गर्ने गरेको बताएका थिए ।

त्यसैगरी पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टी खराब रहेको आरोप लगाउँदै चीनको विषयमा युरोपियन युनियनसँग वार्ता गरिने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal