आज :

प्रधानमन्त्रीले भने- नपढेकाहरुले एमसीसीको विरोध गरेका छन्, महाकाली सम्झौता पनि ठिक थियो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सम्झौतामा त्यतिबेला आफूले गलत नदेखेको र अहिले एमसीसी सम्झौताको विरोध गर्नेहरु नपढेकाहरु भएको बताएका छन् । महाकाली सम्झौता गर्दा गरौ भन्दा गरौं भन्ने तर पछि केही साथीहरु बुरुक्क उफ्रिएको बताए ।

विहीबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले सम्झौता नपढेकाहरुले एमसीसीको विरोध गरेको भन्दै पढ्न सुझाव समेत दिए । उनले नेपालमा अनुदान, सहयोग आयो र विकास हुन लागेकोमा ठिक नलागेकोहरुले विरोध गरेको बताए । उनले एमसीसी सम्झौता राम्रोसँग पढ्न आग्रह समेत गउरे ।

प्रधानमन्त्री ओलीले सांसद र नेताहरुले बोल्दा इतिहासमा रेकर्ड हुने गरी बोल्न आग्रह समेत गरे । उनले आफूले २०५३ सालमै लिम्पियाधुरा, लिपुलेक कालापानीब नेपालको भूमि हो भनेको समेत बताए । उनले महाकाली सन्धीको बेला पनि आफूले ती भूमि नेपालकै भएको बताएको दाबी समेत गरे ।

प्रधानमन्त्री ओलीले पार्टीमा विचार राख्न सांसदहरुलाई छुट दिने बताए । उनले एमसीसी पास गर्न पार्टीले ह्वीप नलगाउने संकेत गरे । उनले आफूले नेतृत्व गर्दासम्म पार्टीमा विचार राख्न दिन समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal