आज :

विप्लवले भने-संसद र सरकार देशको हितमा एक पाइला हिड्यो, जनजागरणलाई मत्थर मात्र नपारियोस्

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसद र सरकारले देश र जनताको हितमा एक कदम अगाडि हिडेको बताएका छन् । शनिबार नेपालको राजनीतिक र प्रशानिक नक्सासहित निशान छापको लागि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक सर्वसम्मत रुपमा पारित भएपछि विप्लवले यसो भनेका हुन् ।

आइतबार विहान विज्ञप्ति जारी गरेर विप्लवले नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरुको निरन्तर संघर्षको दवावमा परेर सरकार नयाँ नक्सा पास गर्न बाध्य भएको बताए । “भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसका विरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएका छन् । उक्त जनमत र सङ्घर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरू समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ” विज्ञप्तिमा भनिएको छ ।

विप्लवले यसलाई जनजागरण मत्थर पार्ने कार्यमा सिमित हुन नहुने बताउँदै यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र अतिक्रमणमा परेका भूभागलाई नेपालको पत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक रहेको बताए ।

“सरकार र संसद्को यो निर्णय देशको हितमा एक कदम भएपनि अगाडि बढेको छ । हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ” विप्लवले विज्ञप्तिमा भनेका छन् ।

सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताको पक्षमा हरदम जागरुक रहुन समेत विप्लवले आग्रह गरेका छन् । देशमाथिको अतिक्रमणविरुद्ध डटेर प्रतिरोध गर्ने प्रतिवद्धता गर्दै विप्लवले विज्ञप्तिमा भनेका छन्, “हामी आमनागरिकहरूलाई पनि सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गर्दछौँ । हाम्रो पार्टी देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरो,ध गर्ने प्रतिबद्धता स्पष्ट गर्न चाहन्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal