आज :

मेल्लेखमा १३६५ जना क्‍वारेन्टिमा, अध्यक्ष बोहरा भन्छन्- पिसीआरमा ढिलाई हुँदा जोखिम निकै बढ्यो

धनगढी । अछाममा पहिलो कोरोना संक्रमण पुष्टि भएको मेल्लेख गाउँपालिकाको क्वारेन्टिनमा १ हजार ३ सय ६५ जना पुगेका छन् । यो गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि पठाएको स्वाबको रिपोर्ट नआउँदा जोखिम बढेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए ।

यो समाचार तयार पार्दासम्म संक्रमितसँगै भारतबाट आएका र सम्पर्कमा रहेका र थप शंस्कास्पद व्यक्ति गरी ९९ जनाको स्वाब संकलन गरी पिसीआर परीक्षणको लागि धनगढी पठाएको तर रिपोर्ट आएको छैन ।

स्वाब संकलन गरेको १५ दिन बितिसकेको छ । समयमै रिपोर्ट नआउँदा संक्रमणको जोखिम झन् बढेको अध्यक्ष बोहरा बताउँछन् । “सँगै आएका र सम्पर्कमा रहेका व्यक्तिहरुमा पनि कोरोना संक्रमण नहुने भन्ने भएन । रिपोर्ट नआउँदा क्वारेन्टिनमा रहेकाहरुबाट अन्य व्यक्तिममा संक्रमण खतरा बढेको छ” अध्यक्ष बोहराले अनलाइन डबलीसँग भने ।

रिपोर्ट नआउँदा क्वारेन्टाइन्मा राखेकाहरुलाई के गर्ने भन्ने अन्यौल बढेको बताउँदै अध्यक्ष बोहराले भने, “घर पठाइदिऊ भने कोरोना संक्रमण छ की भन्ने डर, नपठाऊ कति दिनसम्म यसरी पाल्न सकिन्छ ।” दैनिक ४ लाख ९५ हजारको खाना मात्रै लाग्ने गरेको अध्यक्ष बताउँछन् ।

त्यसैगरी औषधि, अन्य बन्दोबस्ती, एम्बुलेन्स, गाडीसहित जनशक्ति खटाउनु परेको भन्दै अध्यक्ष बोहराले रिपोर्ट आउन यसरी ढिला हुने हो भने धेरै दिन थेग्न नसकिने बताउँछन् । पठाएकाहरुको रिपोर्ट पनि नआएको र थप परीक्षण पनि नहुँदा समस्या भएको बताए ।

प्रदेश सरकारले अरु कुनै काम गर्नु नपरेको बताउँदै परीक्षण गर्ने व्यवस्था समेत मिलाउन नसकेको अध्यक्ष बोहराले बताए । “सबै लोड स्थानीय सरकारलाई छ, प्रदेश सरकार के गरिरहेको छ, सांसद र मन्त्रीहरु के गरिरहेका छन् थाहा छैन” बोहराले भने ।

अध्यक्ष बोहराले यो गतिमा गरिने परीक्षणले कोरोना नियन्त्रण गर्न नसक्ने भन्दै जिल्लामा एउटा एउटा पिसीआर मेसिन आवश्यक रहेको बताउँछन् । उनले आफूहरु मेसिन खरिदको लागि लगानी गर्न तयार रहेको बताए ।

“पिसीआर मेसिन खरिद गर्न ठूलो छैन, जनशक्ति र भाइरस प्रतिरोधी संरचना निर्माणको समस्या हो । यदि जनशक्ति र संरचनाको लागि प्रदेश सरकारले सहजीकरण गर्छ भने हामीहरु मेसिन खरिद गर्न तयार छौं” अध्यक्ष बोहराले भने । आफूले ९ सय किट खरिद गरेको बताउँदै अन्तिम रिपोर्ट पिसीआर नै भएकोले हैरानी भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal