आज :

कोरोनाबाट बच्न भारतबाट फिर्ता तर घर नपुग्दै ट्रकले लियो १२ जनाको ज्यान, यी हुन् घाइते २१ जना

काठमाडौं । कोरोना आतंकबीच भारतबाट स्वादेश फिर्ता भएकाहरु सवार माइक्रो बसलाई ट्रकले ठक्कर दिँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । आइतबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत ठुरिया जंगलमा गाडी भएको दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो ।

भारतबाट रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई बोकेको माइक्रो बस दाङ हुँदै सल्यान जाँदै थियो । नेपालगञ्जबाट छुटेको माइक्रो बस ठुरिया जंगल क्षेत्रमा रोकेको बेला विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

ट्रकको ठक्करबाट घटनास्थलमै ११ जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी घाइेत २१ जनाको पहिचान खुलेको छ ।

बाँके प्रहरीले सार्वजनिक गरेअनुसार घाइतेहरुः

१. दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी

२. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी

३. दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती

४. दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी

५. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी

६. दाङ जिल्लाका २० वर्षीय भरत थापा

७. रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार

८. रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७का २० वर्षीय वीरेन्द्र परियार

९. रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १८ वर्षीय पुरन परियार

१०. रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक

११. रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक

१२.सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक

१३. सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी

१४. सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती

१५. सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा

१६. सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा

१७. सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने

१८. सल्यान जिल्लाका शिव भण्डारी

१९. सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी

२०. सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५  का १८ वर्षीय देवेन्द्र बुढाथोकी

२१.सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५  का १७ वर्षीय ज्ञान बहादुर बोहरा

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal