आज :

जनयुद्धको उद्‍गमस्थलमै अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर २ दलित युवाको हत्या, पाँच बेपत्ता

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले पश्चिम रुकुममा प्रेम समबन्धलाई लिएर भएको हत्याकाण्डका दोषीलाई कारवाहीको माग गरेको छ । जनयुद्धको उद्गममा अन्तरजातीय प्रेमलाई लिएर दलितमाथि गरिएको आक्रमण निन्दनीय भएको बताउँदै बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष रमेश बसेल ‘करन’ले विज्ञप्ति जारी गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ की सुष्मा मल्ल र जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज बिकको प्रेम सम्बन्धलाई लिएर केटी पक्षले लखेटीलखेटी दुई जना दलित युवाको हत्या गरेका थिए ।

परिवारले अन्तरजातीय विवाहलाई अस्वीकार गरेपछि सुष्माले भागेर विवाह गर्न नवराजलाई बोलाइन् । नवराजसँगै गएका चौरजहारी नगरपालिका १ लामिछाने टोल निवासी टिकाराम बिकको पनि गाउँले हत्या गरेका छन् ।

त्यसैगरी सँगै गएका अन्य पाँच जना युवाहरु बेपत्ता छन् ।

यही घटनाको विरोध गर्दै बहिर्गमित जनमुक्ति सेनाले सोमबार विज्ञप्ति निकालेर विरोध जनाएको हो ।

“रुकुम पश्चिम चौरजहारी नगरपालिका निवासी सुष्मा मल्लसँगको अन्तरजातीय प्रेम सम्बन्धका कारण स्थानीय गाउँलेहरुको कुटपिटबाट जाजरकोट भेरी नगरपालिका –४ खलंगाका नवराज वि.क.सहित २ जना युवाको हत्या भएको छ । अन्य ५ जना अझै बेपत्ता छन् । जनयुद्धको उद्गमथलोमा जातिय छुवाछुतलाई लिएर गरिएको हत्याको घटनाप्रति हाम्रो संगठन बहिर्गमित जनमुक्ति सेना नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त निन्दनीय घटनाको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ” जारी विज्ञप्तिमा भनिएको छ । करनले बेपत्ताको खोजी र घाइते दलित युवाको उपचार गर्न समेत माग गरेका छन् ।

संविधानले नै छुवाछुतलाई अपराध मानिसकेको बताउँदै अध्यक्ष करनले दोषीलाई कानूनअनुसार कारवाहीको माग गरेका छन् । गणतन्त्र स्थापनमा दलित समुदायको महत्वपूर्ण रहेको बताउँदै विज्ञप्तिमा “यो गणतन्त्र ल्याउन दलित समुदायले रगत बगाएको छ । शक्तिको आडमा कथित ठूलालाई ऐन र सानालाई चैन हुने अवस्थामा आए संविधान र राज्य मान्नुको कुनै अर्थ हुँदैन । यस्ता घटनाले प्रोत्साहन पाउने र अझै पनि दलितले न्याय नपाउने हो भने अन्यायमा परेका समुदायको लागि संविधान कुल्चेर संघर्षमा उत्रिन बाध्य हुनेछौं” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal