आज :

सरिता गिरीलाई देशद्रोही भन्दै कारवाही गर्ने बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई देशद्रोही भन्दै कारवाही गर्ने चेतावनी दिएको छ । संगठनले गिरीले नेपाली भाषा हिन्दी भएको र भारतलाई नसोधी नेपालको नक्सा सार्वजनिक गर्न नहुने अभिव्यक्तिलाई राष्ट्रहित विपरित भएको भन्दै बहिर्गमित जनमुक्ति सेनाले आपत्ति जनाउँदै सच्चाउन भनेको थियो ।

सांसद गिरीले संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै भारतसँग नसोधी लिम्पियाधुरा, लिपुलेक–कालापानीसहितको भूमि समेटर नयाँ नक्सा जारी गर्न नहुने बताएकी थिइन् । उक्त भनाईको चौतर्फी विरोध भइरहेकै बेला गिरीले बैशाख ५ गते फेसबुकमा नेपालको भाषा हिन्दी हो भनेर पोष्ट गरेकी थिइन् ।

उक्त भनाई नेपालको राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको भन्दै बहिर्गमित जनमुक्ति सेनाले गिरीलाई देशद्रोहको मुद्दा लगाएर देश निकाला गर्नुपर्ने माग राख्दै आएको थियो । त्यसैगरी सांसद गिरीलाई अभिव्यक्ति सच्चाउन संगठनका अध्यक्ष रमेश बसेल ‘करन’ ले चेतावनी दिए । उनले नेतृ गिरीले सार्वजनिक रुपमा माफी माग्‍नु पर्ने समेत बताए ।

सांसद गिरीले विवादित अभिव्यक्ति नसच्याएको र सरकारले कुनै वास्ता नगरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ आपत्ति जनाए । उनले सरकारले नगर गिरीलाई आफूहरु कारवाही गर्न बाध्य हुने चेतावनी दिए ।

यसअघि संगठनले विज्ञप्ति जारी गरे कारवाहीको माग गरेको थियो । “नयाँ नक्सा सार्बजनिक गर्ने बिषयमाथि धावा बोल्दै जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधि सदनको बैठकमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा भारत र चिनलाई नसोधी सार्बजनिक गर्नुहुन्न भनी गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रती र मिति २०७७ बैसाख ५ गते आफ्नो फेसबुकको स्टाटसमार्फत नेपालको भाषा हिन्दी हो भनी सार्बजनीक गर्नुभएको छ । यस्तो खालको राष्ट्रहित विपरित गरेको गतिविधीका विरुद्ध बहिर्गमित जनमुक्ती सेना नेपाल घोरभत्र्सना गर्दछ । भारतिय विस्तारवादी, साम्राज्यवादीको मोतियार बन्दै मोदीको तलुवा चाट्दै राष्ट्रहित विपरित हर्कत गर्ने जो कोहीलाई पनि देशद्रोहीको मुद्दा लगाई देश निकाला गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी बहिर्गमित जनमुक्ति सेनाले लिपुलेकमा भारतले सडक निर्माणको विरोध गर्दै आवश्यक परे बलिदान दिन तयार हुने तर नेपाली भूमि इक इन्च पनि भारतलाई अतिक्रमण नदिने बताउँदै आएको छ ।

भारतसँग युद्ध लड्न तयार छौं तर अपमान स्वीकार्य छैन

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal