आज :

चारजना पत्रकारलाई कोरोना संक्रमणः महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले चारजना पत्रकारमा कोरोना भाइरस संक्रमण भएको बताएको छ । महासंघले कोरोनाको संक्रमण क्रमशः बढ्दै गएको र अग्रभागमा रहेर समाचार संकलन गर्ने संचारकर्मी थप जोखिममा पर्नेभन्दै ध्यानाकर्ष भएको बताएको छ ।

महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्ति जारी गरेर चारै जना पत्रकारको उपचार भइरहेको जानकारी गराउँदै कार्यस्थलमा खटिने सञ्चारकर्मीहरुको पीसीआर परीक्षणका लागि महासंघले आवश्यक पहल गरिरहेको बताएका छन् ।

महासचिव विष्टले अहिलेसम्म ३ सय ५० भन्दा बढी सञ्चारकर्मीहरुको पीसीआर परीक्षण सम्पन्न भइसकेको बताउँदै थपको परीक्षणका लागि आवश्यक प्रबन्ध भइरहेको जानकारी दिए । साथै, महासंघले आमसञ्चारकर्मीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै समाचार संकलन तथा सम्प्रेषण गर्न अपील समेत गरेको छ ।

त्यसैगरी प्रेस लेखिएका सवारी साधन र प्रेस ज्याकेट लगाएर भीडभाड गर्ने, अनावश्यक हिँडडुल गर्ने र प्रेसको दुरुपयोग भइरहेकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । प्रेस लेखेका सवारी साधन र ज्याकेट सञ्चारकर्मी बाहेक अन्य प्रयोजनका लागि प्रयोग नगर्न समेत महासंघले आग्रह गरेको छ ।

महासचिव विष्टले लकडाउनका कारण प्रकाशन तथा प्रसारण बन्द भएका सञ्चारमाध्यम सम्बद्ध सञ्चारकर्मीहरुलाई प्रेसको प्रयोग गरेर हिँडडुल नगर्न आग्रह गरेका छन् । त्यस्तै, यूट्युब र विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मर्यादाभित्र रहेर गतिविधि गरी आमसञ्चारकर्मीहरुको काममा सहयोग पु¥याउन महासंघ आग्रह गरेको छ । महासंघले प्रेसको दुरुपयोग सम्बन्धी अनुगमन गरिरहेको जानकारी गराउँदै विष्टले यस्ता दुरुपयोग रोक्न सम्बन्धित निकायले समेत अग्रसरता लिन महासंघ आग्रह गरेका छन् ।

“अति आवश्यक समाचार संकलनका लागि मात्रै कार्यस्थल जान र अनावश्यक भीडभाड नगरी सतर्कतापूर्वक समाचार संकलन गर्न महासंघ सबै सञ्चारकर्मीमा आग्रह गर्दछ” आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी आज बारामा एकजना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal