आज :

माओवादी केन्द्रको निष्कर्षः भारत कोरोना भन्दापनि ठूलो दुश्मन

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले नेपालको राष्ट्रिय स्वाधिनताको विषयमा भारतसँग निर्णायक संघर्षमा उत्रने बेला आएको भन्दै त्यसका लागि क्रान्तिकारी र देशभक्त शक्तिहरुबीचको एकता अनिबार्य भएको बताएको छ । सोमबार सो पार्टीका महासचिव कर्णजित बुढाथोकीको उपस्थितिमा उपत्यकामा उपलब्ध नेताहरुको एक अनौपचारिक बैठकले सो निष्कर्ष निकालेको पार्टी स्थायी समिति सदस्य आलोक रायमाझिले जानकारी दिए ।

विश्वभर महा संकटकारुपमा आक्रमक बनेको कोरोनाको नियन्तरण भन्दा पनि दक्षिणि छिमेकी मुलुक भारतले नेपालको भूमिलाई मिचेर सडक बनाउने कार्यले भारत कोरोना भन्दा ठूलो दुष्मन भएको बैठकले निष्कर्ष निकालेको छ । सो अनौपचारिक बैठकमा नेताहरुले राष्ट्रिय स्वधिनताको लागि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी तथा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका विभिन्न देश भक्त तथा क्रान्तिकारी शक्तिहरुसँग कार्यगत एकता गरेर आन्दोन गर्नुपर्ने बेला आएको बताएका थिए ।

त्यसैगरी कोरोनाको संकटले नेपाललाई पनि सताउँदै गएको र सरकार त्यतातिर गैरजिम्मेवार बनेको र जनतालाई राहतसमेतमा कन्जुस्याइँ गरेको महासचिव बुढाथोकीले बैठकमा बताए । आहतमा परेका जनतालाई रहत दिनुको साटो नीतिगत भ्राष्टाचारमा लिप्त भएको  ठहर गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने, त्यसैगरी लकडाउनकोबीचमा सुरक्षित उपाय अपनाउँदै पार्टी संगठनलाई विस्तार र सुदृढ बनाउने निस्कर्ष बैठकले निकालेको छ ।

नेपाल सरकार भारतले जस्तो सुकै गलत गरेपनि नमस्कार गर्ने र विदेशमा रहेका नेपाली घर फर्किन चाहान्छौं भन्दा दुष्मनको ब्यवहार गर्ने प्रवृत्तिले सरकारको विकल्प खोज्ने बेला आएकोसमेत छलफलमा कुरा उठेको स्थायी समिति सदस्य रायमाझीले अनलाइन डबलीलाई बताए ।

अनौपचारिक भेटघाट तथा छलफल कार्यक्रमपछि ५ बुदे निष्कर्ष यस प्रकार छन् ।

१) राष्ट्रिय स्वाधिनताको लागि देशभक्त तथा क्रान्तिकारी शक्तिहरुसँग मिलेर निर्णायक संघर्ष गर्न पहल गर्ने ।

२) कोरोनाबाट प्रभावित आन्तरिक र जनपङ्ती सम्बन्धि ठोस कार्यक्रम सञ्चालन गर्ने

३) राहत वितरणमा देखिएका अनियमितता, भ्रष्टाचार लकडाउनको माध्यमबाट सर्वसाधारणलाई शास्ती तर पहुँचवाला र केपी ओली नजिकका व्यक्तिलाई मस्ति, स्वएच्छाचारिता बढेकोले यसको विरुद्ध भण्डाफोर गर्ने ।

४) क्रान्तिकारी माओवादी र अन्य कम्युनिष्ट पार्टीहरुको पार्टी एकता सम्बन्धि पहल कदमी बढाउने ।

५) विदेशमा रहेका नेपालीहरु स्वदेश फिर्ता गर्न पहल गर्ने ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal