आज :

लिपुलेकमा भारतले सडक बनाउन लागेको मलाई जानकारी थिएनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेक नेपालीभूमि अतिक्रमा गरेर सडक बनाउन लागेको आफूलाई जानकारी नभएको बताएका छन् । मंगलबार मन्त्रिपरिषद बैठकमा बोल्दै ओलीले आफूलाई कसैले पनि सूचना नदिएको बताएका हुन् ।

यसअघि संसदीय समिति र संसद बैठकमा सरकारको तर्फबाट बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक अतिक्रमण गरेको सरकारलाई जानकारी भएको बताएका थिए । तर, प्रधानमन्त्रीले आफूलाई जानकारी नदिएको बताए ।

मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेक विवाद र संसद र संसदीय समितिहरुमा भएको छलफलबारे जानकारी गराएका थिए ।
त्यसपछि प्रधानमन्त्रीले आफूलाई लिपुलेकमा अतिक्रमण गरि सडक बनाएको जानकारी नभएको बताइएको छ ।

प्रधानमन्त्रीले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएपनि कालापानी क्षेत्रमा सीमाको समस्या पुरानो भएको बताए । ओलीले सरकारले सीमा विवाद समाधान गर्न चाहेपनि भारतका कारण सम्भव नभएको समेत बताएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal