आज :

लिपुलेकमा भारतीय अतिक्रमणः बहिर्गमित जनमुक्ति सेना पनि संघर्षमा

काठमाडौँ । भारतले नेपालीभूमि अतिक्रमण गरेर सडक निर्माण गरेर नेपाली राष्ट्रिय स्वाधिनतामाथि नांगो हस्तक्षेप गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाले आपत्ति जनाएको छ । कोरोना भाइरससँग छिमेकी देशहरुले मिलेर लड्नुको सट्टा भारतले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथी ठाडो हस्ताक्षेप गरेको बहिर्गमित जनमुक्ति सेनाले बताएको छ ।

बहिर्गमित जनमुक्ति सेनाले भारतले नेपालीभूमिमाथि हस्तक्षेप गरेर सडक निर्माण गरेको भन्दै घोर भत्सर्ना गरेको छ । “यतिबेला कोरोना भाइरस अर्थात कोभिड ( १९ को महामारीले विश्वलाई नै आतंकित पारिरहेको बेला छिमेकी राष्ट्रहरुबीच पारस्परिक सहयोग र सम्बन्धलाई थप उचाइमा पुर्याउनुको सट्टा जसरी भारतीय विस्तारवादले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथी ठाडो हस्ताक्षेप हुने गरि भारतका रक्षामन्त्री राजनाथ सिंहले मिति २०७७ बैशाख २६ गते शुक्रबारका दिन भिडियो कन्फरेन्समार्फत कालापानी, लिम्पियाधुरा र लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडकको उदघाट्न गरे उक्त भुमी नेपालको हो । नेपालीभूमिमा गरिएको यस्तो नांगो हस्तक्षेपको संगठन विरोध एवं भत्सर्ना गर्दछ” जारी विज्ञप्तिमा भनिएको छ ।

भारतले एकलौटी रुपमा चीनसँग जोडिएको कैलास मानसरोबरसम्म पुग्ने सडकको उद्घाटन गरेर नेपालको राष्ट्रियतामाथि नै हस्तक्षेप गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाले संघर्षमा जानुको विकल्प नभएको बताएको छ । संगठनका अध्यक्ष रमेश बसेल ‘करण’ र इन्चार्ज असिम लिम्बु ‘सुनिल’ हस्ताक्षर गरेको विज्ञप्तिमा भारतको दादागिरीविरुद्ध संघर्षमा उत्रिन आह्वान गरिएको छ । कुनै पार्टी र व्यक्तिको सवाल नभएर सिंगो देशमाथिनै हस्तक्षेप गरेकोले सबै एकजुट भएर विरोधमा उत्रिनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संगठनका उपाध्यक्ष तथा प्रबक्त राजना थापा ‘सुवास’ले समस्याको समाधान गर्न सरकारलाई कटनीतिक रुपमा पहल गर्न आग्रह गरेको बताए । सरकारले आफ्नो हस्तक्षेपमा परेको भूमि फिर्ता ल्याउन लाग्दैन भने आफूहरु संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने बताए ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal