आज :

प्रधानमन्त्री ओलीलाई बाबुरामले भने- राजिनामा दिएर जीर्ण शरीरलाई आराम दिनुस्

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र विरोधी गतिविधिमा लागेको भन्दै राजिनामा मागेका छन् । उनले जीर्ण शरीरलाई आराम दिन राजिनामा गर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिए ।

बजेट अधिवेशको पहिलो दिन प्रतिनिधिसभलाई सम्बोधन गर्दै भट्टराईले भने, “प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस् । तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।”

राजनीतिक दल फुटाउने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको भट्टराईले बताए । उनले अध्यादेश फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने अवस्था नरहेको समेत बताए ।

सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको बताएको दाबी गर्दै भट्टराईले अपरहणकारीविरुद्ध जाहेरी नलिएको भन्दै आक्रोस पोखे । उनले उल्टै आफूहरुमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले प्रधानमन्त्रीले पहल गरेको आरोप पनि लगाए ।

ओलीको राजिनामा मागेका भट्टराईले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गरे । उनले ओलीको विकल्प पूर्वप्रधानमन्त्री बन्न नहुने समेत बताउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखे ।

डा. भट्टराईले टीकापुर घटनामा दोषी ठहर भएर निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र विप्लवलाई सहमतिमा ल्याउन आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal