आज :

लकडाउनको अवधि आज फेरि थप हुँदै, सनसिटीका पुरुषमा पुनः देखिएपछि झनै कडा हुने

काठमाडौं । लकडाउनको अवधि फेरि थप हुने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै मंगलबार बसेको सहभागी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउने मोडालिटीबारे पनि छलफल गरेको छ । बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्नेबारे छलफल भएको छ । जोखिमका आधारमा लकडाउनलाई खुकुलो र कडाई गर्ने बैठकमा प्रस्ताव गरिएको थियो । यसबारे निर्णय भने भोलि बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ ।

लकडाउनलाई खुकुलो बनाउनेमा प्रधानमन्त्री ओली सहमत देखिएका छैनन् । आजको बैठकमा लकडाउनको खुकुलो बनाउने वा अहिलेजस्तै कडाई गर्ने भन्नेमा कुनै निर्णय नभएको बताइएको छ । लकडाउनलाई कुन मोडालिटीमा निरन्तरता दिने भन्नेमा प्रस्ताव पनि प्रधानमन्त्रीको कार्यालयले भएको छ ।

लकडाउनबारे निर्णय लि आज (बुधाबार) विहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठक बस्दैछ । अहिलेको भन्दा कसरी खुकुलो बनाउनेबारे सरकारको तयारी भइरहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार सर्तसहित लकडाउनलाई खुकुलो बनाउनु पर्ने बताएका थिए । उनले लामो समायसम्म लकडाउन जारी राख्दा आर्थिक क्षेत्रमा संकट आउन सक्ने बताउँदै लकडाउन खुकुलो बनाउनु पर्नेमा जोड दिएका थिए । लकडाउनकै कारण शहरबाट श्रमशक्ति गाउँतिर लागेको भन्दै त्यसले ठूलो असर पार्ने भन्दै लकडाउन खुकुलो बनाउने पर्ने गृहमन्त्री थापाको भनाई थियो ।

स्रोतका अनुसार कम्तिमा पनि १० दिन लकडाउनको अवधि थप्ने सरकारले तयारी गरेको छ । काठमाडौं उपत्यका भित्रिने सबै नाकाम कडाई गर्ने र भित्र सिमित सार्वजनिक सवारीका साधान चल्ने दिनेबारे पनि छलफल भइरहेको छ ।

तर, निको भएर घर फर्केका सनसिटीका एक पुरुषमा पुनः कोरोना देखिएकोले खुकुलो बनाउँदा जोखिम झन बढ्‍न सक्‍ने भन्दै अझै कडाइँ हुने सक्ने पनि बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal