आज :

विप्लवका भतिजा रिहा भए लगत्तै पुनः गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका भतिजा दिलिप चन्दलाई रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भए लगत्तै प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पुनः गिरफ्ता गरेको हो ।

बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले सोमबार रिह ागर्न आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै नेपाल बार एसोसिएसनका प्रतिनिधिको रोहबरमा दिलीपलाई रिहा गरिएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको थियो ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा गिरफ्तार गरिएका दिलीपलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले गिरफ्तार गरी नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । त्यहाँबाट पनि उनलाई सोही मुद्दा लगाएर कावासोती पुर्याइएको थियो ।

दिलिपको बुबा तथा नेकपाका केन्द्रीय सदस्य वीरजङ्ग दाङको तुलसीपुरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal