आज :

प्रचण्ड र नेता नेपालबीच तयारी छलफल, भोलि पनि एक भएर ओलीविरुद्ध उभिने !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार बस्ने सचिवलाय बैठकको तयारी गर्न कोटेश्वरमा प्रचण्ड र नेपालबीच शुक्रबार छलफल भएको हो ।

छलफल गर्न प्रचण्ड नेता नेपाल निवास पुगेका थिए । दुबै नेताबीच लामो छलफल भएको छ । प्रधानमन्त्री मन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव र राजदूतमार्फत चीनले पठाएको सन्देशबारे पनि छलफल भएको बताइएको छ ।

नेपालस्थित चिनियाँ राजदूत होउ याङछीले आजै प्रचण्ड र नेपाललाई छुटाछुटै भेटवार्ता गरेकी थिइन् । (नेकपा)का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालले दुबै नेता र राजदूतबीच भेटवार्ता भएको बताएका छन् ।

छलफलमा प्रचण्ड र नेपालले चीनले पठाएको सन्देशबारे पनि छलफल भएको (नेकपा) स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीले राखेको प्रस्तावलाई ठाडै अस्वीकार गरेका नेता र प्रचण्डबीचको शुक्रबार छलफलमा भोलि पनि एक भएर पेश हुने सहमति भएको बताइएको छ ।

बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावले उपाध्यक्ष वामदेव गौतमलाई पनि प्रभावित पारेको छ । गौतम विहीबार र शुक्रबार कानुनी परामर्शमा लागेका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal