आज :

सर्केगाड गाउँपालिकाको निर्णयः अलपत्र परेकाको उद्दार र विद्यार्थी र मजदूरलाई आर्थिक सहयोग

काठमाडौं । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाले नेपालगञ्ज, सुर्खेत तथा काठमाडौंमा लकडाउनको कारण फसेका नागरीकलाई उद्दार  तथा राहतको घोषणा गरेको छ । गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

काम विशेषले जिल्ला बाहिर अलपत्र परेका नागरिकको उद्दार गर्ने निर्णय गरेको बैठकपछि गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया ‘करुण’ बताएका छन् । काठमाडौं, सुर्खेत र नेपालगंजमा केही नागरिक अलपत्र परेको र केही लकडाउनका कारण दैनिक गुजरा गर्न नसकेको बताउँदै करुणले उद्दार र राहत वितरण गर्ने निर्णय गरेको बताए ।

गाउँपालिका अध्यक्ष करुणले निर्णय सार्वजनिक गर्दै लकडाउनमा परेकालाई घर फर्काउने ब्यवस्थ गरेको उल्लेख गरेको जानकारी गराएका छन् । त्यसैगरी काठमाडौै, नेपालगंज र सुर्खेतमा डेरामा बस्‍ने विद्यार्थी र दैनिक ज्यालादारी मजदूरलाई आर्थिक सहयोग गर्ने गरिएको छ ।

लकडाउनका कारण दैनिक गुजरा हुन नसकेका विद्यार्थी र मजदूरलाई प्रतिव्यक्ति दुई हजारका दरले सहयोग बितरण गर्ने निर्णय गरिएको छ । तीनै स्थानमा तीन टोली खटाएको छ ।

यस्तो छ निर्णयः 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal