आज :

बस्‍नेत, श्रेष्ठ र खनालविरुद्ध सांसद अपहरणको मुद्दा, प्रधानमन्त्री ओली टेन्सनमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण मुद्दा दर्ता भएको छ । अपहरणमा परेका सांसद डा. सुरेन्द्र यादवसहति जनता समाजवादी पार्टीका शिर्ष नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

मुद्दा दर्ता गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत टेकु पुगेका छन् ।

परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली मुद्दा दर्ता गर्न नेताहरु नै सूचना पाएपछि पहिले नै कार्यालयबाट निस्किसकेका थिए । नेताहरुले एसपी सोमेन्द्र राठोर मुद्दा दर्ता गर्नेबारे छलफल गरिरहेका छन् ।

एकताअघिको समाजवादी पार्टीका सांसद यादवले आफूलाई अपहरण गरेर काठमाडौँ ल्याएको संचारमाध्यमलाई बताउँदै आएका थिए । पार्टी फुटाउने उद्देश्यले खनालको कमाण्डमा श्रेष्ठ र बस्नेत बैशाख १० गते महोत्तरीस्थित सांसस यादवको घर पुगेका थिए । उनीहरुले गाडीमा राखेर रातारात काठमाडौं ल्याएका थिए ।

सांसद यादव होटल मेरियटबाट भागेर नेताहरुको सम्पर्क पुगेपछि घटना सार्वजनिक भएको थियो ।

नेताहरु अहपरणको मुद्दा बोकेर टेकु पुगेको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेन्सन भएको बताइएको छ । विश्‍वास पात्रहरुमाथि नै अपहरणको मुद्दा लाग्‍ने भएपछि कसरी सामना गर्ने भन्‍नेबारे कानुनी सल्लाहकारसँग छलफलमा जुटेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal