आज :

स्वास्थ्य सामाग्री आपूर्तीमा भएको कमिसन खेलमा सहभागीलाई कारवाही गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री आपूर्तिमा भएको अनियमितताबारे छानबिन गरी कारवाहीको माग समेत गरेको छ ।  काँग्रेसले सरकारले घोषणा गरेको राहत प्याकेज पर्याप्त नभएको भन्दै ज्यालादारी श्रमिकहरुलाई र सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ । कोरोनाभाइरसविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । प्रमुख विपक्षी कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले मानवीय हिसाबले कोरोना भाइरस संक्रमण रोकथामका लागि पार्टीका सम्पूर्ण संयन्त्र क्रियाशील बनाउने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले कोरोनाभाइरसको संक्रमण रोक्न सरकार जति हुनेपर्ने हो त्यति गम्भीर नभएको निष्कर्ष समेत निकालेको छ । सरकारका कमजोरी औल्याउने तर संकटको बेला सहयोग गर्ने निर्णय गरेको प्रबक्तण विश्वप्रकाश शर्माले बताए ।

बैठकले औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति प्रक्रिया पारदर्शी बनाउन नसकेको आपूर्ति व्यवस्था रहज नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको प्रबक्ता शर्माले जानकारी दिए । कोरोना परीक्षणको दायरा बढाउन तथा पीपीई, भेन्टिलेटर लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न बैठकले सरकारलाई आग्रह गरेको छ ।

काँग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न माग गरेको छ । नेपाली नागरिकलाई अलपत्र पार्न नहुने भन्दै काँग्रेसले नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न सम्भव भएको ठहर गरेको छ ।

प्रबक्ता शर्माका अनुसार बैठकले बैङ्कबाट २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गर्नेहरुलाई कम्तिमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनुपर्ने, २० लाखभन्दा माथिको ऋण लिएकाहरू, पर्यटन व्यवसायीहरुको ब्याजदरमा छुट दिनुपर्ने लगायतको व्यवस्था गर्नसमेत माग गरेको छ ।

कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समूह गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal