आज :

प्रधानमन्त्रीको दोस्रो सम्बोधनः भ्रष्टाचार गर्दिन र हुन पनि दिन्‍न, सरकारविरुद्ध कुप्रचार-बेमौसी बाजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् । कोरोनाभाइरसले निम्त्याएको संकटपछिको ओलीको यो दोस्रो सम्बोधन हो । मंगलबार गरिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारविरुद्ध कुप्रचार गरिएको भन्दै त्यसलाई बेमौसमी बाजा भएको बताए ।

प्रधानमन्त्री ओलीले असामान्य अवस्थामा कामै गर्न नसक्ने र प्रक्रिया सुरु हुनै नदिने गरी मिथ्या प्रचार गरिएको आरोप लगाएका छन् । उनले नामै नलिएर स्वास्थ्य सामाग्रीमा भएको कमिसन खेलको बचाउ गरेका छन् । उनल सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर लागिरहेको बताए ।
“अवस्था सामान्य होस वा असामान्य सरकारका काम कारबाही विधिसम्म हुनुपर्छ सुशासनका मानकमाथि खरो उत्रि नै पर्दछ तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठेरो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ” ओलीले भन । उनले केही व्यक्तिहरुले आफ्ना निहीत स्वार्थ पूरा गर्न सरकारविरुद्ध गलत हल्ला चलाएको दाबी समेत गरे ।

सम्बोधनको क्रममा ओलीले भ्रष्टाचारविरुद्धको प्रतिवद्धतालाई कमजोर नबनाउन गरिएका हल्लाले सरकारलाई कमजोर पार्न नसक्ने बताए । भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धताबाट सरकार पछि नहट्ने समेत बताउँदै प्रधानमन्त्री ओलीले अनियमितता र भ्रष्टाचार देखिएमा सरकार निर्ममतापूर्वक कार्बाही गर्न पछि नहट्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकार जनता, राजनीतिक दलको, राज्य र राज्य र समाजका सबै अंगको बलियो राष्ट्यि एकताबाट मात्रै महामारीमाथि विजय प्राप्त गर्न सक्ने बताए । कोरोना महामारीविरुद्ध लड्न सरकार पूर्ण तयारीका साथ लागेको उनले दाबी समेत गरे ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal