आज :

लकडाउनको अवधि बढाउने सुदूरपश्चिम सरकारमा निर्णय, मुख्यमन्त्रीको सम्बोधन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई लकडाउनको अवधि बढाउन संघीय सरकारसँग माग गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने निर्णय समेत गरेको छ ।

बैठकपछि प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री तथा प्रबक्ता प्रकाशबहादुर शाहले भारत र अन्य देशहरुबाट फर्केकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय भएको जानकारी दिए ।

कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि पनि केन्द्र सरकारसँग माग गरेको छ ।

थप तीन जना कोरोना संक्रमित भेटिएसँगै तातेको प्रदेश सरकारले प्रदेश अन्र्तगतका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार तथा व्यवस्थापन गर्न चिकित्सक सहितको मेडिकल स्वास्थ्य टोली निर्माण गरी तयारी अवस्थामा राख्ने, एम्बुलेन्स तथा शव बाहनको व्यवस्था तम्तयार गर्ने निर्णय समेत गरेको प्रबक्ता शाहले जानकारी दिए ।

यसैबीच मुख्यमन्त्री त्रिचोचन भट्टले प्रदेशबासीलाई सम्बोधन गरेका छ्न । उनले कोरोनाभाइरस रोकथाम र नियन्त्रणको लागि प्रदेश सरकार जुटेको बताए । उनले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पतालको घोषणा गरी त्यहीअनुसारको बजेट र उपकरण उपलब्ध गराइएको बताए । सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्र्याउन भारत सरकारसँग छलफल गर्न केन्द्र सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal