आज :

सांसद अक्कल रावल रिहा 

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावल रिहा भएका छन् । जिल्ला अदालत कैलालीले रावललाई रिहा गर्न आदेश दिएको हो ।

सोमबार भएको थुनछेक बहसपछि रावललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । एक महिलाले बलात्कारको प्रयास गरेको आरोप लगाएपछि रावललााई जिल्ला प्रहरी कार्यालय कैलालीमा हिरासतमा राखेर अनुसन्धान थालेको थियो ।

सत्तारुढ (नेकपा)का प्रदेशसभाका सचेतक समेत रहेका रावलमाथि लगाएको आरोप पुष्टी नभएकोले पुर्पक्षामा बस्नु नपर्ने फैसला अदालतले गरेको छ । यो फैसलासँगै रावल धरौटीमा रिहा भएका हुन् ।

आफूविरुद्ध उजुरी परेको खबर पाएपछि रावल आफै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि उनले आफूविरुद्ध सुनियोजित रुपमा षड्यन्त्र भएको बताउँदै म‍ुद्दाको फेस गर्ने बताएका थिए । उनले आरोप पुष्टी गर्न चेतावनी समेत दिएका थिए ।

उद्यपी ती महिलाले आफूलाई दवाव दिएर उजरी दिएको भन्दैं फिर्ता लिएको निवेदन समेत जिल्ला प्रहरी कार्यालय कैला‍लीमा दिइसकेकी थिइन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal