आज :

कोरोना आतंकः अन्तिमा आएर एसईई स्थगित

काठमाडौं । अन्तिम चरणमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिएको छ । बुधबार साँझतिर एसईई स्थगित गर्ने निर्णय गरेको छ ।

परीक्षाको पहाडी जिल्लाहरुमा टाढाटाढबाट विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेपछि मात्रै एसईई स्थगित गर्ने निर्णयबाट असन्तुष्टी जाहेर गरेका छन् । बुधबार दिउँसोसम्म शिक्षा मन्त्रीले परीक्षा स्थगित नहुने बताइरहेका थिए ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको दिउँसो बसेको बैठकले परीक्षा स्थगित नगर्ने बरु परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो तर साँझ फेरि समितिले स्थगित गर्ने निर्णय गर्‍यो ।

सत्तारुढ (नेकपा)को दिउँसो बसेको सचिवालयको बैठकमा नेताहरुले परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेका थिए । सोही आधारमा उपप्रधानमन्त्री तथा समिति संयोजक पोखरेलले परीक्षा स्थगितको घोषणा गरे ।

परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयले लिने परीक्षाबारे भोलि निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal