आज :

विदेशी हस्तक्षेप वा प्रतिगमन हुनसक्छ,सतर्क बनौंः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । सत्तारुढ (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेपालमा विगत जस्तै अहिले पनि विभिन्न देशी–विदेशी शक्तिहरुले हस्तक्षेप गर्ने आधार खोजिरहेकोप्रति सबैलाई सर्तक हुन आग्रह गरेका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चलखेल रोक्न केपी ओली नेतृत्वको वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने उनले जिकीर गरे ।

पार्टी प्रवक्तासमेत रहेका नेता श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढङ्गबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा रहेको संकेत गरेका थिए । उनले मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेको भूमिका असाधारण रहेको उल्लेख गर्दैै, अबको आर्थिक समृद्धिको सरकारी लक्ष्यालाई सफल पार्न पनि पत्रकारलाई महत्वपूर्ण भूमिका खेल्न अह्वान गरे ।
नेता श्रेष्ठले पर्टी सत्ता र देशलाई कमजोर र जनतालाई विभाजित गर्न दृष्य–अदृष्य शक्तिहरु लागि परेको भन्दै त्यसमा पत्रकारहरु सकारात्मक तर आलोचनात्मक चेतसहित चनाखो हुन आग्रह गरे । उनले अगाडी भने,“राष्ट्रवादीहरुले वस्तुपरक र अध्ययनशील तथा आलोचनात्क चेतसहित आफूलाई पत्रकारितामा ढाल्ने गर्नुपर्छ, त्यसमा कुनै पार्टी, गुट–उपगुटको पक्षमा सिमित नभएर समग्र मानव जातिको हितमा पत्रकारीतालाई सदुपयोग गर्नु पर्छ ।”

 

 

नेकपाका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले समाजमा विश्वाव्यापी महामारीकारुपमा फैलिदै गएको कोरोना भाइरसको विषयमा हल्ला तथा भ्रमलाई चिर्दै यथार्थपरक जानकारी बढाउन पहल गर्न प्रेस संगठनलाई आग्रह गरिन् ।
प्रेस संगठनका इन्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले प्रत्येक नेकपामा आवद्ध संगठनका सदस्यहरुले हामी नेकपाका सदस्य हौं भन्ने भावनाको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहाकार सूर्य थापाले संगठनलाई देशको एक जिम्मेवार तथा भरलाग्दो संगठनकारुपमा विकास गर्दै लैजान अग्रह गरे ।नेकपा बाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले पार्टी र सत्तालाई बलियो र जनपक्षिय बनाउन गलत प्रवृत्तिहरु वीरुद्ध लड्न डराउन नहुने बताए ।

फाइल तस्बिर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal