आज :

एमसीसीविरुद्ध नेकपाले घोषणा गर्‍यो दोस्रो चरणको संघर्षका कार्यक्रम, यस्तो छ तालिका 

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कन्युनिस्ट पार्टीले विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्ध नयाँ संघर्षका कार्यक्रम  घोषणा गरेको छ । नेकपाले यही माघ १ गतेदेखि १५ गतेसम्म नयाँ संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले देशभर भन्डाफोर गर्न नयाँ संघर्षका कार्यक्रम घोषणा गरेको हो । नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्ने जनाएको छ ।

नयाँ कार्यक्रमअनुसार बिहीबार अमेरिकी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपनपत्र बुझाउने भएको छ । यस्तै नेकपाले जनसङ्घर्षअन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूको तस्बिर प्रदर्शन गर्ने, महँगीविरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने रहेको छ ।

यस्तो छन् संघर्षका कार्यक्रम

माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने

माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र दिने
माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने

देशव्यापी जनसङ्घर्षका कार्यक्रम

माघ १० गते बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन

माघ १६ गते सहिद दिवस मनाउने

मघ १८ गते महँगीविरुद्ध प्रदर्शन

माघ २० गते खुला सांस्कृतिक कार्यक्रम

माघ २५ गते देशव्यापी अन्तरक्रिया

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal