आज :

प्रतिबन्धलाई छल्दै विप्लवको अध्यक्षतामा माओ दिवस, जनमुक्ति सेनाद्वारा सलामी

काठमाडौँ । प्रतिबन्धलाई छल्दै नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लवको अध्यक्षतामा माओ दिवस मनाएको छ । पार्टीका सबै तह र तप्कालाई आफ्नो अनुकुलतामा माओ दिवस मनाउन निर्देशन गरेको थियो ।

पार्टीका महासचिव विप्लव नै सहभागी भएर माओ दिवस मनाइएको नेकपाले जनाएको छ । एक ग्रामिण गाउँमा विप्लवको अध्यक्षतामा पुस १० गते नेकपाले १२७ माओ मनाएको हो । पार्टीका कार्यकर्ता र जनताको व्यपापक उपस्थिति रहेको उक्त कार्यक्रममा विप्लवले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

विप्लवले माओका सैद्धान्तिक योगदानहरु, माओ र चिनियाँ क्रान्तिका शिक्षाहरु र एकीकृत जनक्रान्ति कार्यदिशाको अन्तरसम्बन्धबारे विप्लवले प्रष्ट पारेका थिए । उनले आफ्नो पार्टीको कार्यदिशाका पाँच आधारलाई माओका सिद्धान्तसँग कसरी जोडेर विकास गर्ने भन्ने सन्दर्भमा पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा जनमुक्ति सेनाले माओलाई सलामी दिइएको नेकपाले बताएको छ । कार्यक्रममा पार्टीका सचिवालय सदस्य सन्तोष बुढा, केन्द्रीय सदस्य विजय, जनमुक्ति सेनाका सदस्यहरु रस्थानीय जनता सहभागी रहेको बताइएको छ ।

साथै, कार्यक्रममा सहभागीहरुले गीत, गजल, कविता बाचन गरेका थिए ।

  • फाइल तस्विर

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal