आज :

चिनियाँ राष्ट्रपति सीको भित्री सुरक्षा जनमुक्ति सेनाले गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन् । दुई दशकपछि पहिलो पटक चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्न लागेका हुन् ।

दुबै देशकले भ्रमणको तयारी गरेपनि राष्ट्रपति सी आउने मिति गोप्य नै राखिको थियो । बुधबार नेपाल र चीन दुबै देशका परराष्ट्र मन्त्रालयले सीकाे नेपाल भ्रमणबारे औपचारिक जानकारी गराउँदै मिति सार्वजनिक गरेका हुन् ।  शनिबार नेपाल आउँने र आइतबार फर्किने जानकारी दिइएको छ ।

राष्ट्रपति सीको स्वागतको लागि सरकारले भव्य तयारी गरिरहेको छ । काठमाडौंलाई टालटुल गरेरै भएपनि राष्ट्रपति सीको स्वगतको तयारी भइरहेको छ । त्यसको रातदिन काठमाडौंको खाल्डाखुल्डी पुर्नेदेखि भत्केका र निर्माण भइरहेका ठाउँहरुमा छोप्ने कार्य जारी छ ।

त्यसैगरी सीको सुरक्षाको अहिलेबाटै कडाइ गरिएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने बताइएाको छ । तर राष्ट्रपतिको भित्री सुरक्षाको लागि चिनियाँ जनमुक्ति सेनाको टोली सँगै आउने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

त्यस्तै विभिन्न पार्टीका वरिष्ठ नेताहरुसँग पनि सीले भेटवार्ता गर्ने जनाइएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal