आज :

एनपीएल हेर्न कीर्तिपुर पुगेका क्रिकेट स्टार अख्तर भन्छन् : पाकिस्तानी बोर्डसँग कुरा राख्छु

  • अनलाइन डबली

काठमाडौं । नेपालीको क्रिकेट मोहलाई नजिकबाट नियालेका क्रिकेट स्टार शोएब अख्तरले जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीले सहभागी हुन नपाएको विषयलाई पाकिस्तानी क्रिकेट बोर्ड (पीबीसी) समक्ष कुरा राख्ने बताएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले विदेशी क्रिकेट लिग खेल्न अनुमति माग्ने आफ्ना खेलाडीले २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने सर्त अगाडि सारेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको थियो ।

जसका कारण कर्णाली याक्सका तर्फबाट एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी टी–२० कप्तान शाहिबजादा फरान फर्कन बाध्य भएका थिए । यसैगरि अन्य टिमले भित्र्याउने तयारी गरेका खेलाडी समेत आउन पाएनन् ।

पहिलो पटक नेपाल आएका राहुलपिण्डी एक्सप्रेस नामले चर्चित अख्तरले मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाला अवलोकनपछि नेपाल क्रिकेट संघका पदाधिकारीसँग कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

‘यस्तो कुराले मलाई दुःखी बनाएको छ । मैले यसबारे विस्तृत थाहा पाएको छैन तर यहाँबाट फर्केपछि पीसीबीसँग अवश्य कुरा राख्नेछु,’ अख्तरलाई उधृत गर्दै क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाल न्यूज बैंकसँग भने ।

साथमा आफूले नेपाल भ्रमणमा देखेको क्रिकेट मोह, बढ्दो पूर्वाधार क्षमताबारे पनि पीबीसीलाई जानकारी गराउने अख्तरले बताए ।

यसअघि टेलिभिजन पर्दामा असाधारण बलिङ गर्दै गरेको देखेका नेपाली क्रिकेट समर्थकहरू अख्तरलाई प्रत्यक्ष देखेपछि उत्साहित भएका थिए ।

जनकपुर बोल्ट्स र कर्णाली याक्स बिच खेल भइरहेका बेला कीर्तिपुर पुगेका अख्तरले रंगशाला परिसर घुम्दै समर्थकलाई अभिवादन गरेका थिए ।

फ्डलाइटको उज्यालोमा दर्शकको क्रेज हेरेपछि उनले ‘नेपालले सानो ठाउँमा उत्कृष्ट क्रिकेट पस्किरहेको छ’ भन्ने प्रतिक्रिया दिएका थिए । त्यसक्रममा नेपाली क्रिकेटको भविष्य राम्रो रहेको निष्कर्ष सहजै निकाल्न सकिने समेत अख्तरले प्रतिक्रिया दिएका थिए ।

टेलिभिजनमा खेलका दौरानमा आक्रामक देखिने अख्तर कीर्तिपुरमा भने सहज देखिनुभएको उपाध्यक्ष सिंहले बताए ।

क्यानका अध्यक्ष लगायतका पदाधिकारीसँगको कुराकानीमा अख्तरले नेपाली क्रिकेटलाई सहयोग गर्न आफू तयार रहेको समेत प्रतिवद्धता जनाएका थिए ।

-रूपेश आचार्य

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal