आज :

‘अब बहकिनु हुन्न, कडा कदम चाल्नुपर्छ’

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका छन् ।

उनले भने,‘अब हामी बहकिनु हुन्न, राजनीतिक आन्दोलन सकिएको छ, अब विकास र समृद्धिमा अगाडि बढ्नुपर्छ, भ्रष्टाचारको विरोधमा जानुपर्ने हुन्छ । भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोडिने छैन । सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलता लिएर अघि बढ्छ ।’

फरक प्रसंगमा उनले भने, ‘पछिल्लो समय गणतन्त्रमाथि खतरा भएको हल्ला चलाइएको बताउँदै त्यस्तो भएमा सरकार चुप लागेर नबस्ने दाबी गरे । केही मान्छेहरू देशलाई प्रतिगमनमा फर्काउन सकिन्छ कि भनेर लागेका छन् ।’

लोकतन्त्र र गणतन्त्रमाथि खतरा आयो भने सरकार चुप लागेर बस्दैन । गणतन्त्रमाथि जोखिम भएमा सरकारले नियन्त्रणकारी भूमिका खेल्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal