आज :

भैंसी फार्ममा आगलागी हुँदा २८ चौपाया जलेर मरे

तनहुँ । शुक्लागण्डकी नगरपालिका-७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गएराति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु जलेर मरेका छन् ।

कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा २० देखि २२ लाख रुपैयाँसम्मको क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक सरोज गिरीले बताए ।

राति करीब १०ः३० बजेको समयमा भण्डारीको भैँसी फार्ममा अचानक आगलागी हुँदा अन्य ३ भैँसी घाइते हुनुका साथै दुई वटा टौवामा रहेको करीब ३०० भारी परालसमेत जलेर नष्ट भएको छ ।

आगलागीबाट २ वटा खरले छाएको गोठ जलेका छन् । स्थानीयले आगो निभाउने प्रयास गरे पनि असफल भएको र राति करीब १ बजेको समयमा सदरमुकाम दमौलीबाट दमकल पुगेपछि आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ । उक्त आगलागी के-कसरी भयो भन्नेबारे यकिन जानकारी प्राप्त नभएकाले अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal