आज :

देमिनद्वारा निर्देशित ‘हिड़नु पर्ने भीड़मा’ प्रेरणादायी गीत सार्बजनिक

काठमाडौं ।  नेपाली गीत–संगीत प्रायः जसो मायाप्रेम मै केन्द्रित रहेको देखिन्छ । जे जसरी भएपनी माया प्रेम मै अड़काएर म्युजिक भीडियो पनी निर्माण गरिंछ । तर, अलिक फरक तरीकाको म्युजिकभीडियो हालै संवाद डबलीमा एक पत्रकार सम्मेलन गरेर सार्वजनिक गरीएको थियो । रिलिज म्युजिक भिडियो वरिष्ठ गीतकार अमर वांतुको शब्द ,वरिष्ट संगीतकार शांतिराम राईको संगीत र चर्चित गायिका अंजु पन्तको स्वर रहेको ‘हिड़नु पर्ने भीड़मा’ बोलको गीतको भीडियो निर्देशन राज्य राई देमिनको रहेको छ ।

म्युजिक भीडियो रिलीज कार्यक्रममा प्रमुखअतिथि वरिष्ठ जनवादी गायक तथा संबिधानसभा सदस्य माननीय जेवी टुहूरे रहेका थिए भने विशेष अतिथिहरुमा करातेमहासंघ महासचीव ओमकृष्ण प्रसाई,युवा राजनीतिक विश्लेशक मेखराज खाती,समाजसेवी श्याम परियार,गायकरसंगीतकार राज सागर लगाएतको बाक्लो उपस्तिथि रहेको थियो ।

जहिले पनी फरकधार बाट प्रस्तुति दिन चाहाने निर्देशक देमिनले यो गीत आम मानिसलाई प्रेरणा मील्ने साथै महिला हिंसा र सफलताको संघर्षलाई बेजोडले प्रस्तुत गरेका छन ! जून भिडियोको कथामा उत्रीएकि छिन जेनी शेर्पा । शन्देश राईको छायांकन तथा मनीष कार्कीको सम्पादन रहेको उक्त भीडियोलाई संग्स नेपाल मार्फत ल्याइएको छ ।

उक्त कार्यक्रममा प्रमुखअतिथि, विशेष अतिथिहरुबाट चौतर्फÞी गीत र भीडियो बारे चर्चा र प्रशंसा गरीएको थियो । जीवन संघर्ष बारे सदैव कलम चलाउने गीतकार बांतूले राजधानिमा आफ्नो भोगाइ लेखेको बताउंदै उत्कृष्ट कथा र निर्देशन प्रति निर्देशक देमिनलाई धन्यवाद दिए । कार्यक्रममा सहयोगीहरूलाइ प्रमुखअतिथिको हातबाट धन्यवाद पत्र समेत प्रदान गरीएको थियो ।

उद्घोषिका पूजा लामा रहेकि थीइन भने सभाध्यक्षवरिष्ट संगीतकार तथा प्राज्ञ शांतिराम राईले भीडियो ऐतिहासिक बनेको बताऊदै सबै टीमलाई बधाई दिदै अन्य प्रमुख अतिथि,विशेष अतिथिहरूलाइ धन्यवाद दिदै कार्यक्रम सम्पन्नको घोषणा गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal