आज :

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ : महामन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्रीले यूएनमा नेपालको विपद्, जलवायु परिवर्तनका कारण भएको क्षति, कार्बन उत्सर्जनमा नेपालको न्यून योगदान तथा हिमताल विस्फोटको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले जलवायु परिवर्तनको कारण हामीले भोग्नुपरेको मानवीय र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्छ ।’

शर्माले मृत्यु र बेपत्ताको तथ्यांकसँगै प्रभावित परिवार तथा बालबालिकाले भोगिरहेको पीडालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने बताए ।

उनले राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिवेदनमा ४९ जना बालिका र ५३ जना बालकले दुवै अभिभावक गुमाएको उल्लेख रहेको बताए ।

उनले भने, ‘क्षति भनेको देखिएको भौतिक क्षति मात्रै होइन, हाम्रो सम्भावनाको क्षति पनि यसलाई जोड्नुपर्छ।’

शर्माले विपद्बाट घर, सडक, विद्यालय, अस्पताल तथा विद्युत् आयोजनामा भएको क्षतिको विवरण तयार गरी यूएनमा प्रस्तुत गर्नुपर्ने बताए ।

त्यसका लागि नीति प्रतिष्ठानले डा. गोविन्द पोखरेलको नेतृत्वमा ‘पोस्ट डिजास्टर निड एसेसमेन्ट’ (पीडीएनए) सम्बन्धी तयारी गरिरहेको जानकारी दिए ।

त्यस्तै, नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषय उठाउनुपर्ने उनको भनाइ छ ।

पेरिस सम्झौताको ‘लस एन्ड ड्यामेज’ सम्बन्धी व्यवस्थालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा स्मरण गराउनुपर्ने उनले बताए ।

शर्माले इसिमोडको रिपोर्टअनुसार हिमालय क्षेत्रमा जोखिममा रहेका हिमतालको विषयलाई समेत यूएनमा उठाउनुपर्ने बताए ।

उनले विपद्का बेला राजनीतिक आग्रहभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नु जिम्मेवार प्रतिपक्षको कर्तव्य भएको बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal