काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८३, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ४८ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ७०, हर्न निषेधमा २५, लेन क्रसमा २४, अवस्था ठिक नभएको २२, एकतर्फीमा १४ र अन्यमा ५०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


अनलाइन डबली

