आज :

भोटेकोशी बाढीमा दिवंगतप्रति पहिलो साताको पुण्यसमर्पण तथा प्रार्थना विषेश श्रद्धाञ्जली  सभा सम्पन्न

  • अनलाइन डबली

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका दिवंगत आत्माहरूको चिरशान्ति, सुगति तथा उत्तम पुनर्जन्मको कामना गर्दै पहिलो साताको पुण्यसमर्पण तथा विशेष प्रार्थना सम्पन्न भएको छ।

नेपाल बौद्ध महासंघको आयोजनामा बौद्ध महाचैत्य परिसरमा बौद्ध महायान परम्पराअनुसार विशेष प्रार्थना, मोन्लाम पाठ तथा पुण्यसमर्पण कार्यक्रम आयोजना गरिएको हो। बौद्ध परम्पराअनुसार दिवंगत आत्माहरूको शान्ति तथा सुगतिको कामनाका लागि ४९ दिनसम्म गरिने धार्मिक अनुष्ठानअन्तर्गत पहिलो साताको पूजा तथा प्रार्थना कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा चारै बौद्ध परम्पराका परम पूजनीय गुरु, रिन्पोछे, खेनरिन्पोछे, लामा गुरु तथा कठमण्डौका गुम्बहरुको लामा गुरुहरुको हजरौको संख्यमा उपस्थित रहेको थियो । उक्ता पुजा सभामा बौद्ध धर्मका अग्रज र श्रद्धालु भक्तजनहरूको समेत ठुलो उपस्थिति रहेको थियो। करिब तिन घण्टसम्मा चलेको उक्त प्रथन सभामा बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको चित्त भय, अन्योल तथा सम्भावित दुर्गतिबाट मुक्त भई पुण्य र सद्कर्मद्बाट निर्देशित शान्तिमय तथा सौभाग्यपूर्ण पुनर्जन्म प्राप्त होस् भन्ने कामना सहितको मोन्लम पाठ प्रणिधान गरिएको थियो। यस दुःखद् विपत्तिमा ज्यान गुमाउनुभएका सबैप्रति प्रार्थना गर्नु नै हामीले उहाँहरूका लागि गर्न सक्ने न्यूनतम श्रद्धाञ्जली हो भनेर नेपाल बौद्ध महासंघले यो कर्यक्रम अयोजन गरिइको अध्यक्षा नुर्बु थून्डु शेर्पाले बतउनु भएको थियो ।

कार्यक्रममा दीप प्रज्वलन तथा दीप अर्पण, मोन्लाम पाठ, प्रार्थना, दान पुण्यलगायतका विभिन्न पुण्यमय कार्य गरी प्राप्त पुण्यलाई यस प्राकृतिक विपत्तिमा दिवंगत, बेपत्ता, उद्धार गरिएका तथा विपत्तिका कारण दुःख भोगिरहेका सम्पूर्ण प्राणीहरूको हित र कल्याणका लागि समर्पण गरिएको थियो।

नेपाल बौद्ध महासंघले यस दुःखद् घडीमा सम्पूर्ण नेपाली, बौद्ध संघ संस्था, विभिन्न समुदाय तथा श्रद्धालुहरूलाई एकजुट भई प्रार्थना, मोन्लाम पाठ, दीप अर्पण, दान पुण्य तथा अन्य पुण्यमय कार्य गर्न र त्यसको पुण्य विपत्तिबाट प्रभावित सम्पूर्ण प्राणीहरूको उद्धार, शान्ति तथा कल्याणका लागि समर्पण गर्न हार्दिक अनुरोध समेत गरिएको थियो।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal