काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६, चितवनमा २५९ जनाको शव भेटिएको हो।
त्यसैगरी नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, जलविद्युत आयोजनामा काम गर्ने, पर्यटक र सर्वसाधारण गरी गरी २ हजार ४९८ जना सम्पर्कविहीन बनेका छन् ।
सम्पर्कविहीन सबैभन्दा बढी रसुवाका ५६२ जना र नुवाकोटका ११५ जना रहेका छन्।
त्यसैगरी विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, ५९८ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक र लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी २४२ जना घाइते भएका छन्।
त्यस्तै, प्राधिकरणका अनुसार बाढीमध फसेकामध्ये अहिलेसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले २ हजार ९७४ जना, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरीले २ हजार ५१३ जनाको उद्धार गरेको छ।


अनलाइन डबली

