आज :

भोटेकोशी बाढी चितवन पुग्यो, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

  • अनलाइन डबली

चितवन । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सावधानी अपनाउन सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको उनले बताए ।

यस्तै, बाढीको जोखिमलाई मध्यनजर गर्दै सडकमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । स्थानीय तहसँग समन्वय गरी सुरक्षा निकाय परिचालन गरिएको अर्यालले जानकारी दिए ।

‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सावधानी अपनाउन सूचना सम्प्रेषण गर्ने र सवारीसाधन रोक्ने काम गरेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal