आज :

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

  • अनलाइन डबली

कीर्तिपुर, असार १२ गते । समृद्ध देश, स्वस्थ समाज र निरोगी जीवनको लागि समयमै युवालाई लागूपदार्थको दुव्र्यसनी हुनबाट बचाउनु पर्ने धारणा वत्ताहरुले राख्नुभएको छ । यहाँस्थित मंगल बहुमुखी क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको लागूपदार्थ दुब्र्यसनी र अवैध ओसारपसारविरुद्धको अन्तराष्टिय दिवसको उपलक्ष्यमा सम्बद्ध पक्षले सो कुरालाई जोड दिनुभएको हो ।

विनिगं डी क्रेभिग्स शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुहुँदै किल्निकल साइकोलोजिष्ट हसना श्रेष्ठले कोही युवा दुव्र्यशनको कुलतमा फस्नुअघि नै विभिन्न संकेतहरु देखा पर्ने भएकाले परिवार, आफन्त, साथीभाईले मनोपरामर्श दिन आग्रह गर्नुभयो ।

उहाँले जस्तोसुकै रोगको उपचार हुनेजस्तै कुलतको उपचार सम्भव भएकाले सम्बद्ध पक्षले चासो दिन आवश्यक भएको बताउनुभयो । यस्तै, फोरेन्सिक साइकोलोजिष्ट निर्दाेश पौडलले युवा वर्गमा अहिले जनचेतनाको कमीको कारणले नजाँनिदो किसिमले लागु पदार्थ सेवन गर्नेको संख्या बढेको बताउनुभयो ।

समाजशास्त्री तथा पत्रकार उपेश महर्जनले पुँजीवादी राज्यव्यवस्थामा विस्तारै परिवर्तन भइरहेकाले राजधानीदेखि दुर्गममा समेत लागू पदार्थको ओसारप्रसार भएको आँैल्याउनुभयो । उमेर समूहले प्रयोग गर्ने लागू पदार्थको देखासिकीबाट करिब ९० प्रतिशत र मनरोञ्जन व रमाइलोको लागि एक पटक प्रयोग गर्नेबाट कुलतमा ७२ प्रतिशत भन्दा बढी दुव्र्यशनी हुने गरेको बताउनुभयो ।

कीर्तिपुर प्रहरी प्रभागका असई खेमनाथ शर्माले कडा कानुनले मात्र दुव्र्यशनी तथा अवैध ओसारप्रसार नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । नेपालको कानुनमा रहेका अस्पष्टताको कारणले कानुनबाट उन्मुक्ति हुने दर बढेको बताउनुभयो । स्टुडेन्ट क्वालिटी सर्कलका संयोजक नरेन्द्र बुढाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal