आज :

मकवानपुरमा सवारी चालकको ड्रग टेस्ट, ११० मध्ये १० जना लागू पदार्थ सेवन गरेको अवस्थामा फेला

  • अनलाइन डबली

हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन (ड्रग टेस्ट) जाँच अभियान सञ्चालन गरिएको छ ।

३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल र वडा नं. १५ रातोमाटे क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाका स्वास्थ्यकर्मीको सहकार्यमा सञ्चालन गरिएको अभियानमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने निजी तथा यात्रुवाहक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरिएको थियो ।

प्रहरीका अनुसार दुई चरणमा गरिएको परीक्षणमा कुल ११० जना चालकको ड्रग टेस्ट गरिएको थियो। जसमध्ये १० जना चालकले लागू पदार्थ सेवन गरेको पुष्टि भएको छ । लागू पदार्थ सेवन गरेको पाइएका चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदनकुमार काफ्लेका अनुसार लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । उनले यस्ता निगरानी तथा परीक्षण अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए ।

प्रहरीले लागू पदार्थ सेवन गरी सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने भएकाले चालकहरूलाई सचेत रहन आग्रह गर्दै निगरानी र सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal