आज :

बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने

  • अनलाइन डबली

महोत्तरी । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको हो ।

सूचनामा बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित संस्थागत प्रयोगकर्ता मार्फत मेरोकिता प्रणालीबाट मात्रै सेवा लिनुपर्ने उल्लेख गरिएको छ ।

सेवाप्रवाहलाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउन यस्तो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ ।

यस व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले नक्सासम्बन्धी सेवा प्राप्त गर्न कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने झन्झट कम हुने तथा अनलाइन प्रणालीमार्फत छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal