आज :

रास्वपा जुम्लाको सभापतिमा मक्कर बहादुर भण्डारी

  • अनलाइन डबली

मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापतिमा मक्कर बहादुर भण्डारी चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगबहादुर खत्रीले जानकारी दिए ।

यसै गरी उपसभापतिमा सुनिलबहादुर रोकाय,सचिवमा जगबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा चयन भएका छन् ।

समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएको रास्वपा जुम्लाका सचिव खत्रीले बताए ।

अधिवेशनले निर्वाचन क्षेत्र स्तरीय समिति पनि गठन गरेको छ । निर्वाचन क्षेत्र नंं।१ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्रीलाई चयन गरिएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नंं. २ को उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएको रास्वपा जुम्लाले जनाएको छ ।

नवनिर्वाचित सभापति भण्डारीले संगठनलाई थप सुदृढ बनाउन एकताबद्ध भई काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal