आज :

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन् । मृत्यु भएको २१ दिन बितिसक्दा पनि मृतकको पार्थिव शरीर अझै नेपाल ल्याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
सांसद तामाङले सरकारसँग जोडदार माग गर्दै भनिन्, ‘सम्माननीय सभामुख मार्फत म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । स्वर्गीय सन्तोष राईको पार्थिव शरीर तत्काल नेपाल ल्याई परिवारलाई जिम्मा लगाउने आवश्यक व्यवस्था मिलाइयोस् ।’
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नागरिकको शव स्वदेश ल्याउन ढिलाइ हुनुले पीडित परिवारमा थप पीडा थपेको भन्दै उनले सरकारलाई यस विषयमा संवेदनशील हुन आग्रह गरिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal