आज :

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
सोमबार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको जानकारी दिएका हुन् ।
उनले हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्यौट गरिएको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने बताए ।
उनले भने, ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बेरुजुमा खाद्य स्वच्छतासँग आएका बेरुजुबारे अहिले थाहा छैन । साविकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजुको बारेमा कुरा गर्न चाहन्छु । हाम्रो कुल बेरुजु २३ अर्ब ४५ करोड छ । जसमध्ये हामीले करिब साढे ४ प्रतिशत बेरुजु अहिले फछ्र्यौट गरेका छौं । जसबाट आउने अंक २२ अर्ब ७० करोड हुन आउँछ । यसमा करिब १३ प्रतिशत भन्दा बढीको हामीले परिक्षणको लागि तयारी गरेका छौं । यस्तो गर्दाखेरि करिब १८ देखि १९ प्रतिशतको बेरुजु फछ्र्यौट हुने देखिन्छ । यो चालु आर्थिक वर्षमा ६० प्रतिशत बटाउने लक्ष्य लिईएको छ । गत वर्षहरुमा ५० प्रतिशत भन्दा कम हुने गरेको थियो ।’
उनका अनुसार मन्त्रालयले थप १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षण तयारी गरिरहेको छ । यस प्रक्रियापछि कुल १८ देखि १९ प्रतिशतसम्म बेरुजु फछ्र्यौट हुने अपेक्षा गरिएको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal