आज :

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

  • अनलाइन डबली

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले समाजको आवाज बोल्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघको २१ औँ साधारण सभालाई शनिबार मन्थलीमा सम्बोधन गर्दै बुढाथोकीले पत्रकारले जनता र जनप्रतिनिधिलाई पनि बाटो देखाउनुपर्ने बताए । नयाँ सरकार आएपछि भएका निर्णयबाट पत्रकारलाई परेका असजिलोको बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले यस विषयमा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउने बताए ।
कार्यक्रमलाई जनमुखी र व्यवसायिक बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । उनले जनप्रतिनिधिको निगरानी गर्न पनि पत्रकारलाई आग्रह गरे । ‘पत्रकारबाट समाजले धेरै अपेक्षा गरेको हुन्छ, जनप्रतिनिधिले पनि धेरै अपेक्षा गरेका हुन्छन्, पत्रकारिताले ज्योति देखाउने काम गर्दछ’, उनले भने ।
जनप्रतिनिधिलाई जनताप्रति जिम्मेवार बनाउने पत्रकारले भूमिका खेल्न सक्नुपर्नेमा उनले जोड दिए । व्यावसायिक र पेसागत पत्रकारिताको विकासको लागि आफू र सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनले स्पष्ट पारे ।
उनले आफूले जनताका आवाज सशक्त रूपमा उठाउने बताउँदै यसको लागि सहयोग गर्न पत्रकारहरूलाई आग्रह गरे । ‘मेरा भूमिकाहरूलाई मैले अझै निखार्नुपर्छ, जनताको आवाज उठाएको छु, उठाउने छु, यहाँहरूबाट सुझाव पाउँ’, उनले भने ।
उनले धेरै कुरा गर्नुभन्दा पनि सुशासन र समृद्धिका लागि साना साना काम गर्न आवश्यक रहेको बताए । सो काम सबै मिलेर गर्नुपर्नेमा उनले जोड दिए । ‘विकासको गतिलाई साँच्चिकै अघि बढाउनु पर्ने छ भनेर हामी लागि रहेका छौँ’, उनले भने ।
जनताले परिवर्तनको अनुभूति चाँडै व्यवहारमा पाउन् भनेर आफूहरू लागेको बताउँदै उनले यस बाहेक अरू कुनै स्वार्थ नरहेको नराखेको स्पष्ट पारे । सरकारको बजेट र कार्यक्रम सोही अनुसार आउने बताउँदै उनले यसले आर्थिक समृद्धि र रोजगारी सृजनामा सहयोग गर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal