आज :

आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १५ औँ जन्मजयन्ती

  • बुद्धशरण शाही

काठमाडौं । आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १५ औं जन्म जयन्ती उनको सम्झनामा मनाइएको छ ।

जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँ महानगर पालिका २३ वडा स्थित  उहाको सालिकमा माल्यार्पण गरि उनको योगदानको स्मरण गरिएको छ ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले प्रकृति पर्यावरण प्रतिको उहाको प्रेम र भाबना संग जोडिएर ब्यक्त गर्न सक्ने सामर्थ्यलाइ अद्भुद प्रतिभाको रुपमा लिन सकिने र युबा लक्षित क्रान्तिका कबिता,साहित्य , गीतहरु ठुला धरुहर रहेको बताउनु भयो।

वि.सं १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो ।  सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् ।

हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ ।

सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरुको जन्मस्थलको एउटा थेगो गान नै भएको छ ।

कविताको भावमा डुबेर छन्दहरु हुनु र नहुनुमा खासै फरक नपर्ने गरि मर्महरु थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा । ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको संझनामा सिद्धिचरण राजमार्गका रुपमा नामाकृत गरिएको छ । भाग्यको लहरामा लहरिकन आफ्नो जन्मस्थान छाडेर अन्यत्र आएका नेपालीहरुको बेथाको समभाव छ यस कवितामा ।

नेपाली अनि नेपाल भाषा दुबैमा उनका कविताहरु पाइन्छ, दुबै भाषाका प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरुमा समाजको बास्तविक चित्रण गर्न र सुधारवादी धारहरु ल्याउन तल्लिन देखिन्छन् । उनका कवितामा सबैको भलो होसर जय होस भन्ने भावहरु पाइन्छ, ।

आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शाषकहरुले १८ वर्ष जेल तोको थिए । पिताको किरियामा समेत उनलाई जेलनेलवाट मुक्त गरिएन ।

नेपाली भाषामा भने उर्बसी, मेरो प्रतिबीम्ब, आँशु, कोपिला, विश्व बेथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाचीरहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, वाली, भिमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनीधी कविता र सिद्धिचरणका जेल संझना पर्दछन् । नेवा भाषामा भने लुम्बीनी, तृष्णा, फुस्वाँ, सिस्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निवन्ध संग्रह र घाम आदि पर्दछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal