
काठमाडाैं । प्रहरीले काठमाडौंबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-८‚ गोठाटार पहेंलो पुल बस्दै आएका सन्दीप परियार छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार बा. ४ ख ५२४१ नम्बरको गाडीको सिटमा लुकाएर राखेको पेस्तोलसहित उनलाई आज बुधबार पक्राउ गरिएको हो ।
गाडीमा म्यागजिनसहितको एयर गन पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । पक्राउ परेका परियारलाई हातहतियारसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
पक्राउ परेका परियारको साथमा बरामत पेस्तोल कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


अनलाइन डबली

