आज :

विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ

  • अनलाइन डबली

काठमाडौं । विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेट सहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, उदयपुर, उदयपुरगढी गाउँपालिका-४ तितिरेबोट लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले ढुङग्रेबाट नेपालटारतर्फ आउँदै गरेको स‍‍१ ज ५९० नम्बरको बोलेरोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर जुटपानीबाट अवैध लागूऔषध गाँजा १३ किलो २५० ग्राम सहित सोही नगरपालिका-९ कमलपुर बस्ने २१ वर्षीय विजय कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।

झापा, कनकाई नगरपालिका-३ कालीस्थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय चन्द्र बहादुर पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Download All

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal