आज :

‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’ः सांसद जगदीश खरेल

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै संसदमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा अहिले ‘भगवानले हाम्रो रक्षा गर्ने नभइ हामीले भगवानको रक्षा गर्नुपर्ने’ विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताए ।
ललितपुर क्षेत्र नं. २ का सांसद खरेलले आफ्नो नगरमा प्राचीन मूर्ति र ऐतिहासिक हिटीहरू हराइरहेको र सम्पदा क्षेत्रमा अतिक्रमण बढिरहेको उल्लेख गरे।
उनले भने,‘भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा अब भगवानको रक्षा गरिदिनुस् भन्नुपर्ने बेला आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन्। कतिपय ठाउँमा उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमणले बढेको छ ।’
उनले १६०० वर्ष पुरानो ऐतिहासिक रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने खासगरी ‘धोमा’को दायाँ–बायाँ राखिने नौं फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको विषय सदनमा राखे ।
उनले भने, ‘रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने, खासगरी ’धोमा’को दायाँ–बायाँ राखिने नौं फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको छ । त्यो कहाँ गयो, कसैलाई थाहा छैन ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal