
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटेल मक्र्युरमा भव्य रूपमा सम्पन्न भएको छ ।
कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई समारोहमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो भने वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई “चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६” प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई “लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६” प्रदान गरिएको आयोजकले जनाएको छ ।
वरिष्ठ गायिका सुनिता लुइटेल “संगीतमा समर्पित सर्वोत्कृष्ट साधक तथा जीवित धरोहर सम्मान–२०२६” बाट सम्मानित हुनुभयो भने भजन गायक रेशम सापकोटाले “संगीत रत्न सम्मान” प्राप्त गरे ।
पत्रकारिता क्षेत्रका अखण्ड भण्डारी, कल्पना शर्मा, वीरेन्द्र जैरु, खेमबहादुर बम तथा उदयराज शर्मालाई “पत्रकारिता विशेष सम्मान” प्रदान गरिएको थियो । साथै कला, सञ्चार, स्वास्थ्य, फेसन, उद्यमशीलता तथा समाजसेवाका क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूलाई “ग्लोबल स्टार सम्मान–२०२६” प्रदान गरिएको थियो ।
समारोहमा प्रमुख अतिथिका रूपमा अभिनेता निर शाह तथा विशेष अतिथिका रूपमा हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ सहभागी थिए । पूर्व उपसभामुख इन्दिरा राना मगर, पूर्वसचिव भीम उपाध्याय, गायक आनन्द कार्की, गायिका देविका बन्दना, वरिष्ठ पत्रकार विदुर गिरी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम निर्देशक राजेन्द्र लुइटेलले “ग्लोबल स्टार अवार्ड” ले विभिन्न क्षेत्रमा योगदान पु¥याइरहेका प्रतिभाशाली व्यक्तित्वलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्य राखेको बताए । आयोजक समितिका अध्यक्ष तथा सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक रूपमा कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
आयोजकका अनुसार कला, संस्कृति, सञ्चार, शिक्षा, स्वास्थ्य, सौन्दर्य तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानित गर्दै कार्यक्रम सभ्य र व्यवस्थित रूपमा सम्पन्न गरिएको हो ।


अनलाइन डबली

